पोखरामा चोरी मुद्धामा चौथो पटक प्रकाउ परे बालक

पाेखरा | मंसिर २४, २०८०

पोखरामा चोरी मुद्धामा चौथो पटक प्रकाउ परे बालक

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी मुद्धामा एक बालकलाई चौथो पटक प्रकाउ गरेको छ । 


चोरी मुद्धामा तीन पटक प्रकाउ परेका १७ वर्षीय बालकलाई प्रहरीले दुईवटा स्कुटर चोरी गरेको आरोपमा प्रकाउ गरेको हो । 


पोखराको विभिन्न स्थानमा पार्किङ गरेर राखेको दुईवटा स्कुटर चोरी गरेको आरोपमा बागलुङ स्थायी घर भएका पोखरा महानगर–१६ दीप बस्ने १७ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको छ । 


पोखरा महानगर–३ नदीपुरमा पार्किङ गरेर राखेको ग १४ प २०३४, बगरमा पार्किङ गरेर राखेको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी भएको सूचनापछि खोजतलाज गर्ने क्रममा १७ वर्षीय बालकलाई ग १४ प २०३४ नम्बरको स्कुटरसहित प्रकाउ गरी थप सोधपुछ गर्ने क्रममा ग ८ प ९९३ नम्बरको स्कुटर समेत चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 


प्रकाउ परेका बालकलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्ध्ी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्